अष्ट्रेलियाले भारतलाई दियो ३ सय ९० रनको लक्ष्य, स्मिथको लगातार दोस्रो शतक

 मंसिर १४, २०७७ आइतबार १३:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए ।

यस्तै डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रन बनाए । ग्लेन म्याक्सवेल ६३ रनमा नटआउट रहे । भारतका लागि मोहम्मद सामी, जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले १/१ विकेट लिए । ३ खेलको एकदिवसीय शृङ्खलामा अष्ट्रेलिया १–० ले अघि छ ।

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया