चीनका रक्षामन्त्री वेइ फेङहेलाई नेपाली सेनाको 'सम्मान गारद'

 मंसिर १४, २०७७ आइतबार १४:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गर्नुभएको छ ।

सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभएको हो । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया