सन्दीप लामिछाने काेराेनामुक्त, भन्छन्– मैदानमा उत्रिन हतारिएकाे छु

 मंसिर १७, २०७७ बुधबार १९:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेटर सन्दीप लामिछाने काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप यसबारेमा जानकारी दिएका हुन् । 

दश दिनकाे आइसाेलेशन बसाइपछि गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे सन्दीपले बताएका छन् । यस क्रममा आफ्नाे स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्नेप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

साथै उनले आफू मैदानमा उत्रिन हतारिएकाे बताएका छन् । उनले भनेका छन्, 'मैदानमा उत्रिन कुर्न सक्दिन र आफ्नाे टिमलाई आफ्नाे राम्राे प्रदर्शन दिन चाहन्छु ।'

अन्तिम अपडेट: मंसिर २०, २०७७

तपाईको प्रतिक्रिया