‘अन्तर मन्त्रालय समन्वयको अभावमा विकासका काम रोक्न हुँदैन’
फागुन १३, २०७७ बिहिबार
काठमाण्डाै – पहिले खेतबारीमा व्यस्त हुने बाँकेको डुडुवा गाउँपालिका २ की रेखा खटीको दैनिकी फेरिएको छ । पहिले हँसिया, कोदालो बोक्दै दिनभर काममा व्यस्त हुने उहाँ अहिले महिला र बालबालिकाका कुरा सुन्नुहुन्छ ।
रेखा सामुदायिक छलफल केन्द्रमा जान थालेपछि उहाँ यात्रा बदलिएकाे हो । गाउँमा गएर बोल्न सक्ने भएपछि नेपाली कांग्रेसले रेखालाई उम्मेद्वारका लागि टिकट दियो । वडा दलित महिला सदस्यका लागि २०७४ सालमा चुनिएपछि उहाँको दैनिकी गाउँ/टोलमा भएका झै–झगडा हैर्दै, मिलाउँदैमा जान्छ । अहिले वडामा आउने महिला हिंसा, बालविवाहलगायतका झै–झगडा पनि उहाँले हेर्नुहुन्छ ।