महिला लिगमा पुलिसले वालिङसँग बराबरी खेल्याे

 माघ १३, २०७७ मंगलबार १५:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टाेली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाले बराबरी खेलेका छन् । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिस र वालिङले एक–एक गोलको बराबरी खेलेका हुन् । दुवै टोलीले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ५२ औँ मिनेटमा वालिङका मिठु एलायबले गोल गरिन् । खेलको ६५ औँ मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् । 

बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । वालिङले तीन खेलमा दुई अङ्क जोडेको छ । 

अन्तिम अपडेट: माघ १४, २०७७

तपाईको प्रतिक्रिया