विपन्न देशमा कोभ्याक्स अन्तर्गतकाे खोप वितरण, खोप पाउनेमा घाना पहिलो देश

 फागुन १३, २०७७ बिहिबार ९:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ ।

कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको हो । कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश बनेको छ ।

एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्‍याइएको हाे । त्यहाँ ६ लाख डोज खोप पुगेको बीबीसीले जनाएको छ ।

खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब देशमा खोप वितरण गर्ने योजना बनेको हो ।

यो योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ भने यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् ।

यो योजना अन्तर्गत एक वर्षको अन्तरालमा १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज वितरण गर्ने तयारी छ । कोभ्याक्स अन्तर्गत गरिब देशमा २० प्रतिशत नागरिकका लागि पुग्ने खोप वितरण गरिने छ ।

अन्तिम अपडेट: फागुन १३, २०७७

तपाईको प्रतिक्रिया