विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २५ लाख  नाघ्यो

 फागुन १३, २०७७ बिहिबार ११:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।

अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।

कोरोनाका कारण अमेरिका सबैभन्दा  धेरै प्रभावित छ  । त्यहाँ  कोरोनाका कारण सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १०  लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: फागुन १४, २०७७

तपाईको प्रतिक्रिया