२४ घण्टामा काेराेना सङ्क्रमणबाट ४ जनाकाे ज्यान गयाे

 चैत १३, २०७७ शुक्रबार १६:४९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १२ सय ९९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०७८

तपाईको प्रतिक्रिया