एसएलसीकाे प्रमाणपत्र किर्ते गर्ने सात डाक्टर पक्राउ

 बैशाख ६, २०७८ सोमबार १७:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसएलसीको प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरूलाई प्रहरीले पक्राउ गरेको छ । बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि एसएसलीकाे प्रमाणपत्रमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरण सच्याइ त्यही किर्ते प्रमाणपत्रकाे आधारमा बङ्गलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका र अहिले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा न्युरो हस्पिटल विराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दीर्घायु गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेशकुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरूसँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारमा रहेकाे ज्योतिदीप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि प्रक्राउ गरिएको उहाँले बताउनुभयो । प्रक्राउ परेकाहरूलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १७, २०७८

तपाईको प्रतिक्रिया