ललितपुर महानगरपालिकाले फेरि सुरु गर्‍याे निःशुल्क मास्क वितरणकाे काम

 बैशाख ८, २०७८ बुधबार १७:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ’ अभियान अन्तर्गत निःशुल्क मास्क वितरणको काम फेरि सुरु भएको छ ।

यसअघि सुरु गरेको अभियानलाई कोरोना भाइरसकाे सङ्क्रमण बढ्न थालेपछि फेरि सुरु गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । अभियान अन्तर्गत बुधवार (आज) ललितपुर महानगरपालिकाभित्रका सार्वजनिक, निजी तथा भाडाका गाडीमा यात्रु, चालक र सहचालकलाई निःशुल्क मास्क वितरण गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

मास्क वितरण गर्न र मास्क लगाउने तरिकाबारे जानकारी दिन ललितपुर महानगरका चोकचोकमा नगर प्रहरी खटिएका पनि उहाँले बताउनुभयो । 

केही दिनयता काेराेना सङ्क्रमण दर बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र सकेसम्म घरबाहिर ननिस्कन आग्रह गर्दै आएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०७८

तपाईको प्रतिक्रिया