सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

 बैशाख १७, २०७८ शुक्रबार ११:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ ।

हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाकाे १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

गएको आइतवार चाँदीकाे भाउ तोलामा १३ सय १० रुपैयाँ ताेकिएकाे थियाे। 

अन्तिम अपडेट: जेठ २८, २०७८

तपाईको प्रतिक्रिया