भारत : काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

 बैशाख २२, २०७८ बुधबार १८:४०:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ । 

कोभिड–१९ को वर्तमान स्थितिलाई लिएर गरिएको पत्रकार सम्मेलनमा प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले कोरोनाको तेस्रो लहरका लागि तयार रहने बताउनुभएको हो । 

उहाँले अहिले भारतमा फैलिरहेको कोरोना सङ्क्रमण दरलाई हेर्दा तेस्रो लहर आउने निश्चित भएकाे बताउँदै यो कति खतरनाक र कहिले आउँछ भन्ने चाहिँ स्पष्ट नभएको बताउनुभयो । 

प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले तेस्रो लहरका लागि तयार रहन चेतावनी दिनुभएको हो । 

कोरोनाको नयाँ ‘भेरिएन्ट’ पनि वास्तविक ‘भेरिएन्ट’ जस्तै सङ्क्रामक रहेको बताउनुभएको छ । 

उहाँले कोरोना खोप अभियान कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ विरुद्ध पनि असरदार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कोरोनाको नयाँ 'भेरिएन्ट' भारत तथा विश्वभरि नै देखिनेछ तर जुन 'भेरिएन्ट' का कारण सङ्क्रमण बढिरहेको छ, त्यो भने कम हुनेछ ।’

भारत र विश्वभरका वैज्ञानिकले यस प्रकारको भेरिएन्ट्सले समयमा नै पहिचान गर्न र त्यसविरुद्ध उपाय अपनाउन प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले सुझाव दिनुभएको छ ।  

अन्तिम अपडेट: जेठ ३०, २०७८

तपाईको प्रतिक्रिया