बाँकेमा कोराेना सङ्क्रमणबाट एकै घरका तीन दाजुभाइकाे ज्यान गयाे

 बैशाख २४, २०७८ शुक्रबार १६:४९:५९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइकाे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ ।

नेपालगञ्जमा पछिल्लो समय काेराेना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०७८

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया