काठमाण्डौ महानगरले दियाे त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर

 बैशाख २५, २०७८ शनिबार १७:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोराेना सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले  १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको काेराेना विरुद्ध लडाइमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

काेराेना महामारी तीव्र रुपमा विस्तार हुँदै गएर बिरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पार्नुभयोे । उहाँले अहिले महानगर मानव जीवन बचाउने दायित्व पूरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०७८

तपाईको प्रतिक्रिया