अक्सिजन अभाव भएपछि सीमित बिरामीको मात्रै उपचार गर्ने निर्णयमा अस्पताल

 बैशाख २५, २०७८ शनिबार २०:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी क्षेत्रका अस्पताहरुले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सीमित शय्यामात्र सञ्चालनमा ल्याइ सेवा प्रदान गर्ने जनाएका छन् ।

काठमाण्डाै उपत्यकाका विभिन्न ४ वटा अस्पतालले संयुक्त विज्ञप्ति निकालेर अक्सिजनको वैकल्पिक व्यवस्थापन गर्न समस्या भएकोले सीमित शय्यामा मात्रै बिरामीको भर्ना गरिने जानकारी गराएका हुन् । मेडिकेयर अस्पताल लिमिटेडका प्रशासकीय प्रबन्धक हरिभक्त सिग्देल, नेपाल भारतमैत्री अस्पतालका निर्देशक डाक्टर विकास रौनियार, दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरका प्रबन्धक रविन न्यौपाने र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पतालका निर्देशक डाक्टर हेमबहादुर लिम्बुले सबै कोरोना संक्रमितको भर्ना गरेर उपचार गराउन नसकिने जानकारी गराएका हुन् ।

अन्तिम अपडेट: बैशाख २६, २०७८

तपाईको प्रतिक्रिया