वीर अस्पतालको नयाँ भवनलाई 'कोभिड–१९ युनिफाइड' केन्द्रीय अस्पताल बनाउने सरकारकाे निर्णय

 बैशाख २५, २०७८ शनिबार २१:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । यसअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।

महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पताल व्यवस्थापनबारे छलफल केन्द्रित भएको र अरु निर्णय नभएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार ३, २०७८

तपाईको प्रतिक्रिया