काठमाण्डौकाे चन्द्रागिरि नगरपालिका आजदेखि एक हप्ता सिल

 जेठ १, २०७८ शनिबार ८:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा आजदेखि एक हप्ताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते बिहान ६ बजेदेखि ७ गते बिहान ५ बजेसम्म नगरपालिका पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो । नगरपालिकामा सिल भएसँगै घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाउनुका साथै औषधि पसल र स्वास्थ्य संस्थाका सेवाबाहेक अरु सेवा र पसल पूर्णरुपमा बन्द रहने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

चिनियाँ खोपको दोस्रो मात्रा लगाउनेका लागि पहिलो पटक लगाएको खोपको कार्डका साथ तोकिएको मितिमा खोप केन्द्रसम्म जान पाउनेछन् । एम्बुलेन्स सहित स्वास्थ्य, खानेपानी, दुग्ध, फोहोरमैला र कृषि उपजका गाडी स्वास्थ्यका मापदण्ड पालना गरी गुड्न पाउने नगरप्रमुख गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०७८

1 Comments

  • Randi sarkar ho nepal ko

    May 15, 2021, 9:56 a.m.

    कस्तो सरकार हो यो ?? कोरोनाले मान्छे मार्छ भनेर लकडाउन गर्य , अब कोरोनाले होइन, लकडाउन र सिलबन्दीले गर्दा भोकले चाहिं मान्छे मर्छ / कोरोना भनेर लकडाउन गरेको छ तर खोप दिनेतिर भने सरकारको ध्यान नै छैन / सबै सिडीओ र नगरका मेयरहरुले यता पनि ध्यान दिने कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया