सुनको भाउ आज तोलामा बाह्र सय रुपैयाँले घट्यो

 असार ४, २०७८ शुक्रबार ११:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनकाे भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

बुधवार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
 

अन्तिम अपडेट: असार ८, २०७८

तपाईको प्रतिक्रिया