कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित, कोलम्बिया पराजित

 असार १०, २०७८ बिहिबार ८:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । अपराजित रहेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले हराएको हो । उसका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले गोल गरे ।

कोलम्बियाका लुइस ड्यासले १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन । रेफ्रीको खुट्टामा लागेको बल पास गरेर गोल गरेको भन्दै ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो र केहीबेर खेल रोकिएको थियो ।

यसअघि नै अघिल्लो चरणमा पुगेको ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ । कोपा अमेरिकामा आजै बिहान भएको खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: असार १३, २०७८

तपाईको प्रतिक्रिया