सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

 साउन १५, २०७८ शुक्रबार १२:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । लगातार चारदेखि सुनको भाउ बढिरहेको छ ।

हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि भाउ आज बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।    

अन्तिम अपडेट: साउन १९, २०७८

तपाईको प्रतिक्रिया