सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

 साउन १७, २०७८ आइतबार ११:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।


 

अन्तिम अपडेट: साउन १८, २०७८

तपाईको प्रतिक्रिया