इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग बर्नली पराजित

 असोज ३, २०७८ आइतबार ६:५७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ ।

आर्सनलसँग बर्नलीलाई १–० गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

यो जितसँगै आर्सनलले लिगमा ५ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल तालिकाको १३ औं स्थानमा छ । बर्नली १ अङ्कका साथ १९ औं स्थानमा छ ।
 

अन्तिम अपडेट: असोज ३, २०७८

तपाईको प्रतिक्रिया