'ए' डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटीको खेल बराबरीमा सकियो

 मंसिर १३, २०७८ सोमबार १६:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् । 

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै ब्रिगेड ब्वाइजको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ ।

ब्रिगेडले पहिलो खेलमा एपीएफलाई हराएको थियो भने एनआरटी मच्छिन्द्रसँग पराजित भएको थियो । 

यस्तै आजकाे दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् । 

अन्तिम अपडेट: मंसिर १४, २०७८

तपाईको प्रतिक्रिया