बङ्गलादेशसँगकाे पहिलाे टेस्ट पाकिस्तानले आठ विकेटले जित्याे

 मंसिर १४, २०७८ मंगलबार १६:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले आठ विकेटले जितेको छ ।

बङ्गलादेशले दिएको दुई सय दुई रनको लक्ष्य पाकिस्तानले पाँचाैँ दिनको खाना समयअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । पाकिस्तानको जितमा अबिद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए । अजर अली २४ र बाबर आजम १३ रनमा नटआउट रहे ।

जितसँगै पाकिस्तानले दुई खेलको शृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ । यी दुईबीचकाे दाेस्राे तथा अन्तिम टेस्ट डिसेम्बर ४ देखि ढाकामा सुरु हुनेछ । 

यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाकिस्तानले क्लिन स्वीप गरेको थियो । पाकिस्तान टी–२० शृङ्खला र टेस्ट शृङ्खलाका लागि बङ्गलादेश भ्रमणमा गएकाे हाे । 
 

अन्तिम अपडेट: मंसिर २७, २०७८

तपाईको प्रतिक्रिया