सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै : प्रधानमन्त्री देउवा

 मंसिर २०, २०७८ सोमबार १२:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताउनु भएको हो । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।

२० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताउनु भएको छ । यसका लागि सहयोग गरिदिन उहाँको आग्रह छ ।

यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उहाँको भनाइ छ । उहाँले शक्ति प्रदर्शन गरेर नागरिकलाई दुःख दिने पक्षमा नरहेको बताउनु भएको हो । 
 

अन्तिम अपडेट: मंसिर २७, २०७८

तपाईको प्रतिक्रिया