नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'

 मंसिर २०, २०७८ सोमबार १३:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे। 

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ७, २०७८

तपाईको प्रतिक्रिया