बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गयाे

 मंसिर २२, २०७८ बुधबार ८:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाजुरा – बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ ।  हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण ज्यान गएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै  शिशुलाई जन्म दिनुभएको थियो । त्यसको केहीबेरमै उहाँको ज्यान गएको थियो । घरमै सुत्केरी हुनुभएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगी झाँक्रीकहाँ लगिएको थियो ।

अन्तिम अपडेट: पुस १३, २०७८

तपाईको प्रतिक्रिया