केही दिन देशका धेरै ठाउँको मौसम सफा रहने

 मंसिर २२, २०७८ बुधबार १०:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अबकाे केही दिन देशका धेरै ठाउँको मौसम सफा रहनेछ । आउँदो शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुले केही ठाउँमा बदली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि मौसम धेरै बदली वा वर्षाको सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । शनिवारसम्म बाहिरी प्रणाली भित्रने सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका लगायत धेरै ठाउँमा मौसम खुलेको छ भने पहाडी भेगको केही ठाउँमा बदली भएको छ । बेलुकीपख प्रदेश १ को पहाडी भेगमा बदली भएर केही ठाउँमा सामान्य पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर २५, २०७८

तपाईको प्रतिक्रिया