रातोपुलमा आगलागी : ८० लाख बराबरको नोक्सानी

 माघ ७, २०७८ शुक्रबार ७:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ - काठमाण्डौको रातोपुलमा गएराति आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

विष्णुकमार महर्जनको एकतले घरमा रहेको पसलमा आगलागी भएको हो ।

गएराति ३ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको पसल सञ्चालक वनस्थलीका श्याम श्रेष्ठले बताउनुभयो । 

आगो अहिले पूरै निभेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०७९

तपाईको प्रतिक्रिया