लिनाको कथा : कुवेतदेखि कोरियासम्म, घर फर्केपछिको प्रगति अचम्म

 चैत २७, २०७८ आइतबार ११:४:२ | सन्जिता देवकोटा
unn.prixa.net

गोरखा – कोरियामा कामै गर्न नसक्ने गरी बिरामी नपरेको भए, कुवेतमा भात पकाउँदा भातसितै मनमा कुरा नछड्केका भए र वडा महिला सदस्य नबनेको भए आफू अहिले के गरिरहेकी हुन्थेँ होला भनेर गम्दा गोरखाको सहिद लखन गाउँपालिका ६ की लिना थापा मगरलाई आफैसित अचम्म लाग्छ ।

लिना भन्नुहुन्छ ‘कोरियाबाट फर्किएकै कारण आज सिङ्गो वडाको माया पाएँ, आफ्नो बुवा आमाको साथमा हाँस्न र रम्न पाएँ, कोरियामा बसिरहेको भए आज म यहाँ हुने थिइनँ कि ।’

लिना गोरखाको सहिद लखन गाउँपालिका ६ को महिला वडा सदस्य हुनुहुन्छ । र, वडा सदस्य भएर गरेका कामले उहाँलाई आफ्नो गाउँका महिलाको लागि आदर्श महिलाको रूपमा परिचित बनाएको छ । तर, लिनाको अहिलेको सफलता वैदेशिक रोजगारीको दुःख सुखसित जोडिएको छ । लिनाको परदेशी जीवन सन् १९९७ बाट सुरु हुन्छ । 

उहाँ परदेश हिँड्दा सँगैका साथी एसएलसीको तयारी गर्दै थिए । लिनाको मनमा भने एसएलसी पास गर्नेभन्दा पनि कमाउन विदेश जाने हुटहुटी चल्यो । लिनालाई लाग्थ्यो – पढे पनि कमाउने पैसा हो, पैसा कमाउन पाए त भइहाल्यो नि । 

जाने देश कुवेत हो भन्ने थाहा भए पनि त्यहाँ गएर गर्नुपर्ने काम र हुने कमाइ बारे जानकारी थिएन । एजेण्टले नेपालबाट उड्न मिल्दैन, भारत हुँदै जानुपर्छ भनेका थिए । 

बाटो जुन भए पनि लिनालाई त आफ्नो सपनाको उडान भर्नु थियो । ६५ हजार रुपैयाँ ऋण गरेर एजेण्टलाई बुझाउनुभयो । सपनाको गन्तव्यमा पुर्‍याउने एजेण्टको पछि लाग्नुभयो । 

साहुको घरमा भाँडोमा भात छड्किदा लिनाको मनमा गुदु गुदु कुरा छड्किन्थे । सोच्नुहुन्थ्यो, यहाँ भात पकाउने सीपले मलाई केही हुँदैन, पछिसम्म काम लाग्ने अरू कुनै काम गर्नुपर्छ ।

दिल्लीबाट जहाज चढेर पुग्नुभयो कुवेत । कुवेतमा घरेलु काम पाइयो । गाउँ ठाउँमा काम नठानिने खाना पकाउने काम विदेशमा गर्नुपर्दा लगाउँदा अचम्म लागेको थियो लिनालाई ।

‘यता त भात पकाउने पनि काम हो र भन्छन्, तर, त्यहाँ त आफ्नो काम नै भात पकाउने’ कुवेतमा घरेलु काम गर्दाको त्यो क्षण सम्झँदै लिना भन्नुहुन्छ ‘मैले दुई वर्षसम्म भातै पकाएर बिताएँ, एकै खालको चामलबाट म ९ थरीको त भात मात्रै पकाउँथेँ ।’

साहुको घरमा भाँडोमा भात छड्किदा लिनाको मनमा गुदु गुदु कुरा छड्किन्थे । सोच्नुहुन्थ्यो, यहाँ भात पकाउने सीपले मलाई केही हुँदैन, पछिसम्म काम लाग्ने अरू कुनै काम गर्नुपर्छ ।

आफ्नो मनको छटपटी एक दिन साहु साहुनीसँग पोख्नुभयो ।

‘मैले खाना मात्र पकाएर हुँदैन, तपाईँहरूको देश छाडेर जाँदा मैले केही न केही सीप लिएर जानुपर्छ, म यहाँ पार्लरको काम गर्न चाहन्छु मलाई रिलिज दिनुहोस् भनेर अनुरोध गरेँ’ लिना भन्नुहुन्छ ‘धन्न मेरो मनको कुरा साहु साहुनीले बुझेँ, उनीहरूले त्यो बेला मलाई सहयोग नगरेका भए के हुन्थ्यो होला ।’ 

कुवेत पुगेको दुई वर्षपछि लिनाको काम परिवर्तन भयो । घरेलु कामबाट उहाँले पार्लरमा काम सुरु गर्नुभयो । पार्लरमा ४८ जना थिए कामदार । आफू कुन काममा फिट भइन्छ, त्यही काम लगाउने चलन थियो । लिनाको हात भने थ्रेडिङमा बस्यो । पार्लरले उहाँलाई थ्रेडिङकै काम दियो । 

‘कुवेतमा १०/११ वर्ष बिताउँदा मैले ७ वर्षसम्म त आई ब्रो थ्रेडिङको मात्र काम गरेँ, हात छिटो र छरितो हुनेलाई थ्रेडिङमा राख्ने रहेछ, हामी गाउँमा घाँसका मुठ्ठी काट्ने मान्छेको हात छिटो हुने नै भयो नि, हैन’ लिना हाँस्दै भन्नुहुन्छ ।

घरेलु काम छाडेर पार्लरमा काम गर्न थालेपछि भने काम पनि सहज भयो । घरको काममा मेहनत बढी गर्नुपथ्र्यों तर पैसा भने कम । सुरुका दिनमा त जम्मा ३५ कुवेती दिनार अथवा महिनामा झण्डै १० हजार नेपाली कमाई थियो । 

घरेलु काममा दिने तलबमा पनि नेपाली श्रमिकमाथि विभेद हुन्थ्यो । त्यही काममा पनि लिनालेभन्दा कम दुःख गर्नेहरुले ४० देखि ४५ कुवेती दिनार पाउँथेँ । तर दुःख गर्दा पनि आफूले विभेद भोग्न पर्दा मन दुख्थ्यो ।  

करिब तीन चार महिना जति अथक मेहनतका साथ कोरियन भाषा पढेर भाषा परीक्षा दिइसकेपछि लिना पुनः काम गर्न कुवेत नै फर्कनुभयो ।  नाम निस्कन्छ या निस्किँदैन भन्ने अनिश्चित थियो । तर लिनाको मेहनत खेर गएन ।

पार्लरमा हातको सीप अनुसार काम पाएपछि भने यो विभेद भएन । १५० कुवेती दिनार (झण्डै ५० हजार रुपैयाँ)तलब पाउनुहुन्थ्यो पार्लरको काममा ।

कुवेतमा पाइला टेकेको दिनदेखि नै लिनाको तन र मनमा काम मात्र थियो । न उहाँले बिदा लिनुभयो, न त आराम गर्नुपर्छ भन्ने कुरा मनमा नै आउँथ्यो ।  

कम्पनीबाट पाइने बिदा पनि भविष्यमा चाहिन्छ भनेर साँच्नुभएको थियो । नभन्दै एक दिन नेपालबाट साथीले दिएको खबरले लिनालाई साँचेको बिदा सदुपयोग गर्नुपर्छ जस्तो लाग्यो ।

कुरा सन् २००७ को हो । काठमाण्डौमा भएका साथीले लिनालाई भने – ‘ईपीएस खुलेको छ, कोरिया जान पाइन्छ रे, कमाइ पनि अन्तभन्दा धेरै नै हुन्छ रे, जाने हो ?’

साथीको कुरा राम्रै लाग्यो लिनालाई । लिनाले कम्पनीसँग कुरा गर्नुभयो । ६ महिनाको बिदा लिएर नेपाल आउनुभयो । घरमा आफन्तसँग छोटो भेटघाटपछि काठमाण्डौमै बसेर कोरियन भाषा पढ्न थाल्नुभयो । करिब तीन चार महिना जति अथक मेहनतका साथ कोरियन भाषा पढेर भाषा परीक्षा दिइसकेपछि लिना पुनः काम गर्न कुवेत नै फर्कनुभयो । 

नाम निस्कन्छ या निस्किँदैन भन्ने अनिश्चित थियो । तर लिनाको मेहनत खेर गएन । भाषा परीक्षामा पास भएको खबर पाउनुभयो । 

‘तर, भिसा लाग्ने निश्चित नभई नेपाल आउने कुरा भएन, तर भिसा पनि लाग्ने पक्का भएपछि म नेपाल फर्किएर कोरियाको भिसाको प्रक्रिया गरेको हुँ’ लिना सुनाउनुहुन्छ । 

कुवेतबाट फर्किएर लिना सन् २००९ मा ईपीएसमार्फत कोरिया उड्नुभयो ।

‘पैसाभन्दा ठूलो ज्यान रहेछ’ 

खाडीको देश कुवेतमा एक दशकभन्दा बढी समय बिताएकी लिनालाई कोरिया पुग्दा कुवेत र कोरियाबीच आकाश र जमिनको झैं फरक लाग्यो । कुवेतमा पार्लरको काम गर्दा कमाई राम्रो थियो । तर कोरियामा कडा काम गर्नेलाई मात्र पैसा रहेछ भन्ने लाग्यो । 

लिनाको काम पानी जहाजको पार्टपुर्जा बनाउने कम्पनीमा थियो । बगरमा हुन्थ्यो धेरैजसो काम । तेजाब र केमिकलसँग धेरै खेल्न पर्ने । 

कुवेतमा जस्तो दुःख बढी गरे पनि देश र भेष अनुसार व्यवहार र तलबमा विभेद भएन । यो महिला त्यो पुरुष भनिएन । 

त्यो बेला बेसिक ८० हजार रुपैयाँ थियो तलब । ‘कोरियामा त सेकेण्ड सेकेण्डको महत्त्व हुन्छ, काम छ दाम छ, माम छ, काम छैन त दाम पनि छैन, माम पनि छैन रहेछ’ लिना कोरियाको आफ्नो अनुभव साट्नुहुन्छ । 

लिनाको काम पानी जहाजको पार्टपुर्जा बनाउने कम्पनीमा थियो । बगरमा हुन्थ्यो धेरैजसो काम । तेजाब र केमिकलसँग धेरै खेल्न पर्ने । 

कुवेतमा पार्लरमा एसी भित्र वर्षौ वर्ष काम गरेको ज्यानले सायद बगरको कामको बोझ धान्न सकेन । लिना बिरामी पर्न थाल्नुभयो । 

‘जिउभरि फोका आउने, जति उपचार गरे पनि नहुने, त्यो पाकेर मलाई एकदमै गाह्रो हुन थाल्यो’ लिना ती दिन सम्झदै भन्नुहुन्छ ‘जान त म तीन वर्षको बिदामा नेपाल आएर भर्खरै गएकी थिएँ, तर केमिकलहरूको असरले असाध्यै गाह्रो भएपछि पैसा भन्दा ठूलो त ज्यान हो भनेर नेपाल फर्किएँ ।’

नेपाल फर्किएपछि 

कुवेत र कोरियामा गरी झण्डै १५ वर्ष परदेशी भूमिमा पसिना बगाएर देशमा पाइला टेक्दा अब यही केही गर्छु भन्ने अठोट मनमा थियो लिनाको । काठमाण्डौमै केही गर्ने योजनाका साथ कोरियाबाट फर्केपछि दुई वर्ष काठमाण्डौमा बस्नुभयो । यो बीचमा कुवेतमा सिकेको पार्लरको सीपलाई सदुपयोग गर्ने भन्दै सटरहरू खोज्नुभयो । तर चित्त बुझ्दो पाउनुभएन । 

‘गाउँमा वडा संयोजक चुन्ने बेला भएको रहेछ, सबै जनाले मलाई नै संयोजक बन्न भन्नुभयो, गाउँका मानिसले मप्रति विश्वास गर्छन् भने म किन नबन्ने भन्ने लाग्यो, अनि हुन्छ भनिदिएँ’ लिना भन्नुहुन्छ । 

‘कतै आफूले खोजेजस्तो नहुने, जहाँ पाइन्छ त्यहाँ पनि एकदमै महँगो भाडा, त्यति महँगो भाडा तिरेर पार्लर चलाउँदा ग्राहकलाई ठग्नु बाहेक अर्को विकल्प हुन्थेन, त्यसो गर्न मनले मानेन’ लिना भन्नुहुन्छ । 

काठमाण्डौमा सोचेजस्तो नभएपछि आफ्नै गाउँ गोरखा फर्किनुभयो । समयकै खेल भन्नुपर्छ । गाउँमै सम्भावना देखेर लिना गाउँ फर्कंनु र २०७२ सालको वैशाखमा भूकम्प आउनु एकै साथ भयो । भूकम्पले भएको लिनाको पनि घर ढाल्यो । भूकम्पले घरबाट बारीको पाटोमा पुर्‍याइदियो । 

जे सोचेको त्यो भएन । भूकम्पले हल्लाएको मन सम्हाल्न निकै समय लाग्यो । ढलेको घर ठड्याउन बाँकी नै थियो । यही बेला लिनालाई गाउँमा वडा संयोजक बन्ने अवसर मिल्यो । 

‘गाउँमा वडा संयोजक चुन्ने बेला भएको रहेछ, सबै जनाले मलाई नै संयोजक बन्न भन्नुभयो, गाउँका मानिसले मप्रति विश्वास गर्छन् भने म किन नबन्ने भन्ने लाग्यो, अनि हुन्छ भनिदिएँ’ लिना भन्नुहुन्छ । 

परदेशीबाट जनप्रतिनिधि

वडा संयोजक भएपछि गाउँमा हुने विभिन्न बैठकमा सहभागी हुन थाल्नुभयो । नेताहरूसँग चिनजान हुन थाल्यो । त्यो चिनजान, भेटघाट र भलाकुसारीले लिनाका अगाडि महिला वडा सदस्य बन्ने बाटो खोली दियो ।

२०७४ सालको चुनावमा लिनालाई आफ्नो वडामा महिला वडा सदस्यमा उठ्न भनियो । गाउँलेले विश्वास गरेर वडा संयोजक बनाएकाले महिला वडा सदस्यमा पनि जित्छु भन्ने विश्वास थियो लिनामा । आएको अवसर खेर जान दिनुभएन ।

‘वडा संयोजक भएर काम गरेकाले मलाई आँट पनि आयो, फेरि सबैले उठ्न अनुरोध पनि गरेपछि पछि हट्ने कुरै आएन’ लिना भन्नुहुन्छ ‘खाडीमा त्यत्रो सङ्घर्ष झेलियो यहाँ जनप्रतिनिधि हुन पाए केही गरौँला भन्ने पनि भयो, त्यसैले पनि उठेँ ।’

लामो समय परदेशमा बिताएकी लिना अब गाउँघरकी छोरी, बहिनी, चेलीका रूपमा महिला वडा सदस्य भएपछि जीवनको लय र गति फेरियो । 

चुनावमा लिनालाई भोट पनि राम्रो आयो । यकिन नम्बर त याद छैन उहाँलाई तर अरूको तुलनामा आफूले राम्रो मत पाएको दाबी गर्नुहुन्छ लिना । लामो समय परदेशमा बिताएकी लिना अब गाउँघरकी छोरी, बहिनी, चेलीका रूपमा महिला वडा सदस्य भएपछि जीवनको लय र गति फेरियो । 

‘चुनाव जितेपछि निकै फरक हुने रहेछ, मेरो परिवारका लागि मात्र जिम्मेवार हुँदा पुग्थ्यो, तर जनप्रतिनिधि भएपछि आफ्नो ठाउँका लागि कसरी राम्रो काम गर्ने भन्ने पिर पनि हुँदो रहेछ, मैले केही गर्न सकिन भन्ने चिन्ता पनि लाग्ने रहेछ’ लिना भन्नुहुन्छ । 

वित्तीय साक्षरता कक्षाले दिएको ज्ञान

विदेशमा काम गर्दाका सम्झना र जनप्रतिनिधि भएर गाउँमा रमाएको लिनाको दिमागलाई गाउँमा सञ्चालन हुन लागेको वित्तीय साक्षरता कक्षाले अर्कै तरिकाले हल्लायो । २०७६ सालको मध्यतिर परदेशीका परिवारका लागि गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने तयारी चल्दै थियो । परदेशसँग जोडिएका कुनै पनि कुरामा लिनालाई विशेष चासो लाग्छ । अझ परदेशमा श्रीमान् हुनेहरूका लागि भनेको सुनेपछि त कक्षाको बारेमा बुझ्नुभयो । 

‘राम्रो कुरा सिक्न पाइन्छ जस्तो लाग्यो, म पनि विदेश गएर आएको मान्छे म पनि बस्न पाउँछु होला नि भनेको, पाउनुहुन्छ भन्नुभयो, समय मिलाएर नियमित कक्षामा गए’ लिना भन्नुहुन्छ ‘कक्षाले कुवेत र कोरियामा दुःख भोग्दा पनि नजानेको कुराहरू सिकायो ।’

कक्षामा बस्न थालेपछि लिनालाई लाग्यो – परदेश जानेहरू धेरैले नजानेर दुःख पाएका रहेछन् । बुझेर जाने हो भने वैदेशिक रोजगारी दुःख मात्र पनि होइन रहेछ । 

परदेश जानेले मात्र होइन, देशमा हुनेले पनि आफन्त परदेश हिँडेपछि आफ्नो बानी बिगार्न नहुने रहेछ भन्ने महसुस भएको छ लिनालाई । 

आजकाल उहाँको पहिलो प्राथमिकता महिला वडा सदस्यका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नु हुन्छ । त्यसपछि खेतबारी, कुखुरा, बाख्रा र पसललाई बाँकी समय दिनुहुन्छ । 

भन्नुहुन्छ ‘हामी एक किलो मासु पनि किनेरै खान्छाै, एक किलो टमाटर पनि किन्छौं तर यी कुरा त हामीले आफैँले उब्जाउन सक्छौँ नि, हामी यस्ता ससाना कुराहरू आफैँ नगर्ने तर किनेर खाने गर्दा विदेशमा कमाएको रकम कमाउन्जेललाई मात्र हुँदो रहेछ ।’

लिना आजकाल आफूलाई खान चाहिने कुराहरू आफैँ उत्पादन गर्नुहुन्छ । वित्तीय साक्षरता कक्षामा बसेपछि नै लिनाले आफ्नै घरमा किराना पसल व्यवसाय सुरु गर्नुभएको छ । 

खोरमा ३५ वटा जति कुखुरा पाल्नुभएको छ । बाख्रा पनि छन् । घरैमा कुट्ने पिस्ने मिल पनि राख्नुभएको छ । 

परदेशी भूमिमा कमाइ हुने लाख र देशमा कमाउने हजारमा निकै फरक लाग्छ लिनालाई । उहाँलाई लाग्छ विदेशमा जति दुःख आफ्नै देशमा, आफ्नै खेतबारीमा गर्ने हो भने जमिनमा पनि सुन फल्छ । 

‘हाम्रो बानी देशमा छदा अल्छी गर्ने तर अर्काको देशमा घाम पानी नभनी खट्ने छ, हामीले दुःख पाएको यही बानीले हो, वास्तवमा कोरियामा गर्ने दुःख यहाँ गर्ने हो भने यही जमिनमा सुन फल्छ’ लिना भन्नुहुन्छ ।

आजकाल उहाँको पहिलो प्राथमिकता महिला वडा सदस्यका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नु हुन्छ । त्यसपछि खेतबारी, कुखुरा, बाख्रा र पसललाई बाँकी समय दिनुहुन्छ । 

तीन दाजुभाइकी एक्ली बहिनी लिना बुवा आमासँग बस्नुहुन्छ । लिना वडाको काममा हिँड्दा घर सम्हाल्न बुवा आमाले साथ दिनुहुन्छ । परदेश हिँड्दा छुटेको पढाइ र आमाबुवाको मायाको अभाव निकै खट्किन्थ्यो लिनालाई । तर, अहिले बुवा आमाको माया, गाउँलेको साथ, आफ्नो कमाई र भविष्यप्रतिको आशा र विश्वासले लिनाको जिन्दगीलाई हराभरा बनाएको छ । 

अन्तिम अपडेट: मंसिर १९, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया