रोजगारीको लागि गुयाना पठाइदिन्छु भन्दै ठगी गर्ने १ महिला विरुद्ध २८ लाख रुपैयाँ मागदावीसहित मुद्दा दर्ता

 जेठ ८, २०७९ आइतबार १४:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा अफ्रिकी देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियाेगमा झापा घर भइ कामाण्डौ बस्दै आएकी ४२ वर्षीया रञ्जना श्रेष्ठ विरुद्ध वैदेशिक राेजगार विभागमा मुद्दा दायर भएकाे छ । 

श्रेष्ठले झापाका २१ वर्षीय युवराज ढकाल र २३ वर्षीय जोन विश्वकर्मालाई अफ्रिकी देश गुयाना पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार युवराजबाट पाँच लाख रुपैयाँ र जोनबाट ११ लाख पचास हजार रुपैयाँ लिएर नपठाएको र पैसा पनि फिर्ता नगरेको भन्दै श्रेष्ठविरुद पीडितले मुद्दा दायर गरेका हुन् । 

पीडक श्रेष्ठले दुवैजनालाई गरेको हर्जाना रकम समेत जोड्दा २८ लाख २७ हजार मागदाबीसहित वैदेशिक रोजगार  न्यायाधीकरणमा मुद्दा दर्ता भएको विभागले जनाएको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा पीडकले गरेको बिगोको ५० प्रतिशत हर्जाना रकम र विदेश जाने प्रक्रिया गर्दा लागेको खर्चसमेत प्रतिबादीबाट भराउने व्यवस्था छ । 
 

अन्तिम अपडेट: जेठ ९, २०७९

तपाईको प्रतिक्रिया