'लिफ्ट' मागेर गाउँपालिकाका कर्मचारीलाई लुटपाट गर्ने ३ जना भा...
असार १३, २०७९ सोमबार
गोरखाको सहिद लखन गाउँपालिका ६ की लिना थापामगरले कुवेत र कोरियामा गरी करिब १५ वर्ष बिताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएपछि २०७४ सालको चुनावमा गाउँपालिकाको ६ नम्बर वडामा महिला सदस्यका रूपमा निर्वाचित पनि हुनुभयो । जनप्रतिनिधि भएकै बेला लिना वित्तीय साक्षरता कक्षामा पनि सहभागी हुनुभयो । कक्षामा बसेपछि उहाँले आयआर्जनको बाटोसमेत समात्नुभएको छ ।