लिभरपुलका स्टार खेलाडी साडिओ माने ४१ मिलियन डलरमा बार्यन म्युनिखमा आबद्ध

 असार ८, २०७९ बुधबार १७:३७:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस क्लब लिभरपुलका स्टार खेलाडी साडिओ माने जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध भएका छन् । मानेलाई बार्यनले ४१ मिलियन डलरमा अनुबन्ध गरेको गोल डटकमले जनाएको छ । 

३० वर्षका मानेले च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएयता आफूले क्लब छाड्न चाहेका बताउँदै आएका थिए । सेनेगलका खेलाडी मानेले लिभरपुलका लागि दुई सय ६९ वटा खेलमा एक सय २० गोल गरेका छन् । 

साडियाे माने सन् २०१६ मा साउथह्याम्पटनबाट लिभरपुलमा आएका थिए । 

अन्तिम अपडेट: असार ११, २०७९

तपाईको प्रतिक्रिया