तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 असार ११, २०७९ शनिबार ११:२३:४७ | रासस
unn.prixa.net

तेह्रथुम - तेह्रथुमको लालीगुराँस नगरपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुईजना गम्भीर घाइते भएका छन् ।

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरका लागि छुटेकाे गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा रहेका लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको ज्यान गएकाे हाे ।

दुर्घटनामा ट्र्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बु र ट्र्याक्टरमा रहेका २२ वर्षीय ललितकुमार मगर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुवैलाई वसन्तपुरमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको विकले बताउनुभयो । राति बाक्लो हुस्सु लागेका कारण चालकले सडक देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 

अन्तिम अपडेट: असार १६, २०७९

तपाईको प्रतिक्रिया