ललितपुरका केही ठाउँमा गएरातिदेखि बिजुली बन्द, कहाँ बिग्रियो भन्ने नै पत्ता लागेन !

 असार ११, २०७९ शनिबार १३:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – ललितपुरका केही ठाउँमा गएरातिदेखि विद्युत सेवा बन्द भएको छ । ललितपुर महानगरपालिकाका चापागाउँ, खुमलटार  ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा बन्द भएको हो ।

लगनखेल वितरण केन्द्रका अनुसार बिजुली नियमित गर्न बिहानैदेखि प्राविधिक टोली खटिएको छ । तर अहिलेसम्म समस्या पत्ता लाग्न सकेको छैन । चापागाउँ र लगनखेलबाट प्राविधिक टोली खटिएको तर कुन ठाउँमा समस्या छ भनेर पत्ता लगाउन नसकिएको लगनखेल केन्द्रले जानकारी दिएको छ । समस्या पत्ता लगाएर मर्मत गर्नुपर्ने भएकाले बिजुली आउन केही समय लाग्न सक्ने पनि केन्द्रले जनाएको छ ।

‘बिहान ६ बजेदेखि नै हाम्रो टोली खटिएको छ तर अहिलेसम्म कहाँनेर बिग्रियो भन्ने नै पत्ता लगाउन सकिएको छैन’, कार्यालयका एक कर्मचारीले भने । 
 

अन्तिम अपडेट: साउन २६, २०७९

तपाईको प्रतिक्रिया