आङ सान सुकीलाई भ्रष्टाचारकाे ४ वटा मुद्दामा ६ वर्षकाे जेल सजाय
साउन ३०, २०७९ सोमबार
काठमाण्डाै – ललितपुरका केही ठाउँमा गएरातिदेखि बन्द भएको विद्युत् सेवा सुरु भएको छ । गएरातिदेखि नै ललितपुर महानगरपालिकाका चापागाउँ, खुमलटार ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा बन्द थियो ।
विद्युत् प्राधिकरणको टिमले आज दिउँसो १ बजेसम्म पनि समस्या पत्ता लगाउन सकेको थिएन । खोज्दै जाँदा टुटेपानीमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएको पत्ता लागेको र मर्मतपछि ४ बजेदेखि विद्युत् नियमित भएको लगनखेल वितरण केन्द्रले जनाएको छ । टुटेपानीको पड्किएको ट्रान्सफर्मरको ठाउँमा नयाँ जडान गरिएको केन्द्रले जनाएको छ ।