आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

 असार १३, २०७९ सोमबार ६:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएकाे थियो ।

आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन बनायो । भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे ।

आयरल्यान्डका लागि करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

आयरल्यान्डका लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४/४ रन जोडे । भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले एक/एक विकेट लिए ।  

अन्तिम अपडेट: असार १४, २०७९

तपाईको प्रतिक्रिया