फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी

 असार १३, २०७९ सोमबार ८:१५:४१ | एजेन्सी
unn.prixa.net

फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी भएको छ ।  

उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् ।  

आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले बताएका बीबीसीले जनाएको छ ।

मामा मेरी–क्लो नाम गरेको डुङ्गा बोहोल र लेयट टापुको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी  किनारमा बसेको देखिएको छ ।

फेरीमा १ सय ५७ यात्रु र आठ चालकदलका सदस्य रहेका खबरमा उल्लेख गरिएको छ । आगलागीको कारण खुल्न बाँकी छ । 

अन्तिम अपडेट: साउन २८, २०७९

तपाईको प्रतिक्रिया