अश्लील शीर्षक राखेर भिडिओ बनाउने युट्युबर पक्राउ

 असार २१, २०७९ मंगलबार १७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् । 

रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ । 

पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ । 

अन्तिम अपडेट: साउन २५, २०७९

तपाईको प्रतिक्रिया