आङ सान सुकीलाई भ्रष्टाचारकाे ४ वटा मुद्दामा ६ वर्षकाे जेल सजाय
साउन ३०, २०७९ सोमबार
बाँके – भेरी अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले एक हप्तापछिकाे हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार नागले असार २० गते प्रशासन शाखा पुगेर एकै पटक असार २९ गतेसम्मको हाजिर गर्नुभएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार डा. नागले यसअघि पनि समयमा कार्यालय नआउने, लापर्बाही गर्ने गरेको पाइएपछि सुधारका लागि बारम्बार अनुरोध गरिएको थियो ।
समितिको अनुरोधलाई बेवास्ता गरेपछि गएकाे वर्ष साउन २२ गते आवश्यक कारबाहीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लेखी पठाएको भए पनि मन्त्रालयबाट कारबाही अघि नबढेपछि कारबाहीका लागि दोस्राे पटक फेरि मन्त्रालयमा सिफारिस गरिएको अध्यक्ष धितालको भनाइ छ ।
डा. नागले नेपालगञ्जको पासाङ ल्हामु मार्गमा निजी रूपमा वैष्णवी अस्पताल सञ्चालन गर्दै आउनुभएकाे छ ।