धनुषामा आलुकाे बाेराभित्र ८३ लाख रुपैयाँ भेटियाे, २ जना पक्राउ

 असार २१, २०७९ मंगलबार १९:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । 

जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ का ईश्वर मण्डल र राजेश मण्डल रहेका छन् । 

अन्तिम अपडेट: साउन २९, २०७९

तपाईको प्रतिक्रिया