खाेटाङमा ट्र्र्याक्टरले थिच्दा एक जनाकाे ज्यान गयाे

 असोज १२, २०७९ बुधबार ९:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खाेटाङमा ट्र्र्याक्टरले थिच्दा एक जनाकाे ज्यान गएकाे छ ।  

हिजाे बेलुका दिक्तेल बजारबाट दशैँकाे सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १४९२ नम्बरको ट्र्र्याक्टरले थिच्दा ५६ वर्षीय टेकबहादुर राईको ज्यान गएकाे हाे। 

ट्र्र्याक्टरबाट लडेर जमिनमा पुगेका राईलाई त्यही ट्र्र्याक्टरले थिचेकाे प्रहरीले जनाएकाे छ ।  राईको घटनास्थलमै ज्यान गएकाे थियाे । 

अन्तिम अपडेट: असोज १२, २०७९

तपाईको प्रतिक्रिया