डलरको भाउ आज अहिलेसम्मकै महँगाे : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा

 असोज १३, २०७९ बिहिबार ७:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगाे भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।

अन्तिम अपडेट: कात्तिक २६, २०७९

तपाईको प्रतिक्रिया