घटस्थापनादेखि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट झण्डै तीन लाख जना बाहिरिए

 असोज १३, २०७९ बिहिबार ९:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढ्न थालेको छ ।

घटस्थापनादेखि अहिलेसम्म झण्डै तीन लाख जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक गाडीमार्फत झण्डै ३ लाख यात्रु बाहिरिसकेका छन् ।

गएको २४ घण्टामा ७१ हजार सात सय ६३ जना उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन् । उपत्यका छोड्नेको सङ्ख्या आजदेखि अझ बढ्ने छ । ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको सङ्ख्या सङ्कलन गरिन्छ ।

यसपालिकाे दशैँंको बेला झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।

अन्तिम अपडेट: कात्तिक १४, २०७९

तपाईको प्रतिक्रिया