सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

 असोज १३, २०७९ बिहिबार ११:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०७९

तपाईको प्रतिक्रिया