जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
दाङ - प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएकाे छ।
मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएकाे हाे।
माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएकाे हाे।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएकाे छ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।