सिरहा १ मा एमालेका यादव विजयी

 मंसिर ८, २०७९ बिहिबार १८:११:५८ | रासस
unn.prixa.net

सिरहा - सिरहा १ मा एमालेका रामशङ्कर यादव २९ हजार ४ सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहनुभएका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

याे क्षेत्रमा कूल १ लाख ६ हजार २ सय १ मतदाता रहेकामा ६९ हजार ८ सय २६ मत खसेको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०७९

तपाईको प्रतिक्रिया