महासेठ दम्पती रघुवीर र जुलीकुमारी धनुषाबाट निर्वाचित

 मंसिर १३, २०७९ मंगलबार ९:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । यसअघि धनुषा–३ बाट उहाँकी श्रीमती जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको थियो । एमालेका रघुवीरले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतले पराजित गर्नुभयो।

महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । महासेठ २०७४ को चुनावमा समेत धनुषा–४ बाट विजयी हुनुभएको थियो । यो दोस्रो जित हो । जुलीकुमारीले ३३ हजार ३८८ मतसहित लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई हराउनुभएको थियो।

झाले २३ हजार ६८६ मत प्राप्त गर्नुभयो । नेकपा एमालेले मधेस प्रदेशमा ९ वटा क्षेत्रमा जितेको छ । महासेठ दम्पतीको जितसँगै इतिहास पनि दोहोरिएको छ । यसअघि यो इतिहास हेमबहादुर मल्लले बनाउनुभएको थियो ।

अन्तिम अपडेट: माघ १४, २०७९

तपाईको प्रतिक्रिया