धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

 मंसिर १३, २०७९ मंगलबार १३:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो । विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित हुनुभएको छ । 

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुदेखि नै अग्रता बनाउनुभएका  हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी हुनुभएको हो ।

अन्तिम अपडेट: पुस ११, २०७९

तपाईको प्रतिक्रिया