राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने
माघ १९, २०७९ बिहिबार
काठमाण्डाै - पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।
३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरका मेयर केदार भण्डारीसहितको नगरपालिकाको टाेली नै डोजर लिएर सडकमा निस्किएको हो ।
मङ्गलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा मेयरले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको हो ।
व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगरका मेयर केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रिनुपरेको बताउनु भयो ।
उहाँले बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेपछि संरचना भत्काउनु परेकाे बताउनु भएकाे छ ।